पाल्पामा बिहे भोज खाएका ८० जना बिरामी
पाल्पा । पाल्पामा बिहे भोज खाएका ८० जना भन्दा बढी मानिस बिरामी भएका छन् । जिल्लाको बगनासकालीमा बिहेको भोज खाएपछि चिर्तुङधारामा ८० जना भन्दा बढी स्थानीयवासी बिरामी परेका हुन । बगनासकाली–१, चिर्तुङधारा स्थित घोरबन्दामा गएको शनिवार भएको बिहेको भोज खादा घोरबन्दा बुढाखान्डे, भाङ जेली, अम्रेली, पिपरटुङ, ढाडटोलबासी बिरामी परेका हुन् ।
गत शनिवार स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरू बिरामी परेको स्थानीय बासिन्दा गुनबहादुर गाहाले बताउनुभयो । उनीहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनेलगायतका समस्या देखिएको छ ।
बिरामी परेकामध्ये चार जना तानसेनस्थित मिसन अस्पतालमा भर्ना भएका छन् । उपचारका लागि आएका २२ मध्ये चार जनालाई भर्ना गरेर उपचार गर्नु परेको तानसेनस्थित मिसन अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले जानकारी दिनुभयो ।
बिरामी परेकाहरूमा ‘फुड प्वाइजनिङ्’ को समस्या देखिएको युनाईटेड मिसन अस्पतालले जनाएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएकालाई भर्ना गरिएको र बाँकीलाई परामर्श र औषधि दिएर घरमा पठाइएको छ । भोजमा बटुक, पाडा (राँगो) को मासु, पुलाउ, आलु गोभीको तरकारी, मेवाको अचार, बटुक, आलु मुलाको अचार परिकार थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पाल्पामा बिहे भोज खाएका ८० जना बिरामी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्