दलको नेतामा सघाउन शशांकलाई देउवाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व महामन्त्री समेत रहेका नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यी दुई नेतावीच आज (मंगलबार) बिहान भेटवार्ता भएको हो ।
दुवैं नेता कांग्रेसको संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्ने दाउमा छन् । कांग्रेसमा सभापति देउवासहित डा शशाक, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतका आधा दर्जन नेता संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्ने दौडमा छन् ।
यो दौडमा पनि मुख्यगरी प्रधानमन्त्री देउवा र कांग्रेसका युवा महामन्त्री गगन सवैभन्दा अगाडी छन् । गगनले संसदीय दलको चुनावको तयारी थालिसकेको सार्वजनिक घोषणा नै गरिसकेका छन् । रामचन्द्र पौडेल पनि आफु अनुकुल बनाउन दौडधुपमा लागेका छन् ।
चुनावी परिणाम अगाडी प्रधानमन्त्री आफु पनि रहेको बताएका डा शशांक र सभापति देउवासग गत महाधिवेशनमा प्रतिस्पर्धा गरेका अर्का धारका नेता शेखर कोइरालाले चुनावी परिणामपछि यस विषयमा मुख खोलेका छैनन । उनीहरुले यस बारेमा मौनता साधिरहेका छन् ।
गगनले शेखरले आफुलाई सहयोग गर्ने बताइरहेपनि शेखरले सभापति लगायत नेताहरुसँग छलफल र सल्लाहपछि मात्र आफुले बोल्ने बताएका छन् ।
प्रधानमन्त्री देउवा डडेलधुरा र डा शशांक कोइराला बर्दघाट (नवलपुर १) बाट चुनाव जितेर आएका हुन् ।
भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी समेत गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #शशांक कोइराला, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्