सन्दीप लामिछानेविरुद्व किशोरीले दिइन कडा बयान
काठमाडौं । बलात्कार आरोपमा पूर्पक्षका लागि कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्व किशोरीले झनै कडा बयान दिएकी छिन् ।
अदालतमा बकपत्र दिने क्रममा किशोरीले यसअघि प्रहरी र सरकारी वकिललाई दिएको बयान भन्दा पनि कडा बकपत्र दिएकी हुन् । योसँगै किशोरीले बयान फेर्न सक्ने आश गरिएकोमा त्यो पनि समाप्त भएको बताइएको छ ।
उनले लेखेर घोकाइएको झैँ खरर बकपत्र दिएकी थिइन् । जसबाट उनलाई घोकाइएको हो कि भन्ने आशंका बढेको पनि स्रोत बताउँछ । उनले अदालतमा दिएको बकपत्रमा जाहेरी दिँदा उल्लेख गरेका कतिपय कुरासँग भने बाझिएको बताइएको छ ।
किशोरी अहिले माइती नेपालको संरक्षणमा रहेकी छिन् । उनलाई माइती नेपालले बन्धक शैलीमा राखेकोसमेत बताइएको छ ।
किशोरी माइती नेपालबाट बाहिर निस्कन खोजेपनि उनलाई निस्कन नदिइएको स्रोतले जानकारी दिएको छ । यतिसम्म कि उनलाई कसैसँग भेटसम्म गर्न दिइएको छैन ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्