सुनको मूल्य ६०० रुपैयाँले घट्याे
काठमाडौँ । सुनकाे मूल्य मंगलबार घटेकाे छ । साेमबारकाे तुलनामा मंगलबार ताेलामा ६०० रुपैयाँले घटेकाे मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदी १३ सय ५० रुपैयाँले कायम भएको छ । सोमबार चाँदीको भाउ १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #सुन, #सुनको मूल्य ६०० रुपैयाँले घट्याे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्