मुस्ताङमा दुर्घटनाग्रष्त तारा एअरको विमानको सामग्री संकलन सुरु
मुस्ताङ । तारा एयर कम्पनीले मुस्ताङमा दुर्घटनाग्रष्त विमानको सामग्री संकलन सुरु गरेको छ। सो कम्पनीले सोमबारदेखि मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने पानीपाथी हिमालको फेंद सानुसरे पहाडमा छरिएको दुर्घटनाग्रष्त विमानको सामग्री संकलन सुरु गरेको हो।
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी टुईनेटर विमान मुस्ताङको सानुसरे पहाडमा दुर्घटनाग्रष्त भएको थियो। दुर्घटनामा विमानमा सवार १९ जनाले ज्यान गुमाएका थिए। तारा एयरको विमान दुर्घटना भएको ७ महिनापछि विमानको टुक्राटाक्री सामग्री उठाउँन सुरु गरिएको हो।
यसका लागि तारा एयरले विमानको टुक्राटाक्री सामग्री संकलन गर्न स्थानीय प्रशासन, प्रहरी र एक्याप जोमसोमसँग अनुमति लिएको थियो। एयरले दुर्घटनाग्रष्त विमानको सामग्री संकलन गर्ने जिम्मा समाजसेवी एवं सडक सुपरभाइजर इन्द्रसिंह शेरचनलाई जिम्मा दिएको छ।
शेरचनकै अगुवाइमा अहिले पानीपाथी हिमालको सानुसरे पहाडमा विमानको टुक्राटाक्री सामग्री संकलन गर्ने काम सुरु भएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारा एयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्