गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
काठमाडौँ । सत्ता गठबन्धन दलको आज बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूलाई सामान गर्न गठबन्धन वर्तमान समयमा पनि आवश्यक रहेको निष्कर्ष निकाल्दै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अपेक्षाकृत नतिजा नआए पनि विद्यमान परिस्थितिमा गठबन्धनको आवश्यकता रहेको नेताहरूले बताउनुभएको बैठकपछि सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
अब बन्ने सरकार गठबन्धनकै हुने उल्लेख गर्दै मन्त्री कार्कीले यो गठबन्धनमा अरू दल पनि सहभागी हुने बताउनुभयो ।
सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री कार्कीले समानुपातिकको परिणाम आइसकेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।
यस्तै सत्ता गठबन्धन दलको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्ति पूर्ण रूपमा सम्पन्न गराएको भन्दै निर्वाचन आयोग र सरकारलाई धन्यवाद पनि दिएको छ ।
यसैबीच प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा पनि मुलुकमा देखिएको वर्तमान परिस्थितिमा गठबन्धन जरुरी रहेको उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सत्ता गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्