अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ सम्बन्धी निःशुल्क तालिम
काठमाडौँ । काठमाडौँको लाजिम्पाटमा अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ सम्बन्धि निःशुल्क तालिम सुरु भएको छ । ट्राभल एजेन्सी, एयरलाइन्स र होटलमा प्रयोग गर्दै आएको सफ्टवेयर प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय संस्था सेवर ट्राभल नेटवर्क नेपालको आयोजनामा आइतबारदेखि एकमहिने अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ सम्बन्धि निःशुल्क तालिम सुरु भएको हो ।
पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारी प्रदान गर्ने मुख्य उदेश्यअनुसार एकमहिने तालिम सुरु गरिएको सेवर ट्राभल नेटवर्क नेपालका महाप्रबन्धक अनुपा बुढाथोकीले जानकारी दिनुभयो । “प्लस टु पढेर कामको खोजीमा रहेका युवालाई निःशुल्क तालिम प्रदान गरेर सम्बन्धित क्षेत्रमा रोजगारी प्रदान गर्न तालिम सञ्चालन गरेका हौँ,”– उहाँले भन्नुभयो । उक्त तालिममा स्वदेशी तथा विदेशी एयरलाइन्समा टिकट काट्न सिकाईन्छ ।
महाप्रबन्धक बुढाथोकीका अनुसार हरेक महिना १० देखि १५ जनालाई निःशुल्क तालिम प्रदान गरी विभिन्न ट्राभल एजेन्सीसँग सहकार्य गरी रोजगारी प्रदान गरिनेछ । नेपालमा दुई दशक पहिले स्थापना भएको सेवर ट्राभल नेटवर्क नेपालले हाल नेपालको एक हजार ५०० भन्दा बढी ट्राभल एजेन्सी, एयरलाइन्स तथा होटलमा सफ्टवेयर प्रदान गर्दै आएको छ । सेवर नेटवर्क नेपालसहित विश्वका १६० भन्दा बढी मुलुकमा फैलिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्