स्वरसम्राट नारायण गोपालको आज ३२औँ स्मृति दिवस
काठमाडौँ । स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ३२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ ।
नारायण गोपालको २०४७ मङ्सिर १९ गते आजकै दिन स्वर्गारोहण भएको थियो ।
नारायण गोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको हो ।
वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका उहाँले थुप्रै कालजयी गीत गाउनुभएको छ ।
उहाँका एउटा मान्छेको मायाले कति, यो मुटुलाई कसरी सम्झाई बुझाउ, झरेको पात झैँ भयो जिन्दगी, केही मीठो बात गर, तिमीलाई भुल्दा, साउनको झरी बनी तिमी आउन जस्ता गीतहरू चर्चित छन् ।
स्वर्गीय नारायण गोपाल गुरुवाचार्य, एक सफल तथा ख्यातिप्राप्त नेपाली आधुनिक गायक हुनुहुन्थ्यो । उहाँलाई नेपालको स्वरसम्राटको उपाधिले सम्मान गरिएको थियो ।
नेपाली भाषाका पहिलो पुस्ताका गायकका रुपमा परिचित नारायण गोपालले गायनलाई पेसाको रूपमा अङ्गाल्नुभएको थियो । नारायण गोपालले नेपाली कालजयी १ सय ३६ वटा गीतहरू गाउनुभएको छ ।
सबै नेपालीको मनमनमा बस्न सफल गायक नारायण गोपालले नेपाली चलचित्र तथा नाटकहरूमा समेत गीत गाउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नारायण गोपाल, #स्वर सम्राट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्