प्याब्सनले फुटसल कप आयोजना गर्ने
काठमाडौं, १८ मङ्सिर २०७९ । निजीतथाआवासीयविद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजनागर्ने भएको छ । संगठनले आज काठमाडौंमापत्रकार सम्मेलनगर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो ।
संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्मचल्ने प्रतियोगितामा ३२ वटा विद्यालयकाविद्यार्थीहरूको टीम सहभागीहुने बताएका छन् । भाटभटेनी फुटसल ग्राउण्ड चुच्चीपाटीमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याब्सककामहासचिव राजनश्रेष्ठ ‘धरातल’ ले जनाए ।प्रतियोगितामाप्याब्सक सदस्यविद्यालयले मात्रै सहभागिताजनाउनपाउने श्रेष्ठको भनाई छ । विद्यार्थीको सीपविकास गर्ने उद्देश्यले प्याब्सकले यस प्रकारकाकार्यक्रमआयोजनागर्दै आएको पनिमहासचिवश्रेष्ठले जनाए ।
प्रतियोगितामाप्रथमहुने टिमले १० हजार रुपिँयानगदसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने टिमले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने टिमले ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिताआयोजक समितिका संयोजक राजु पुडासैनीले जानकारी दिए ।
अठार वर्षअघि स्थापनागरिएको प्याब्सकले पटक–पटक शैक्षिकसहितसिर्जनात्मककार्यक्रमगर्दै आएको पत्रकार सम्मेलनमाजानकारी दिइएको थियो । प्याब्सकले यसअघि प्रिन्सिपलबीचपनि फुटसल प्रतियोगिता गराएको थियो । विद्यार्थीबीच खेलाइने यो सातौं प्रतियोगिताभएको आयोजकले जनाएको छ ।
प्याब्सकमा काठमाडौँको उत्तरी बेल्टका ४० भन्दा बढी निजीतथाआवासीयविद्यालयहरू समावेश छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #प्याब्सन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्