प्याव्सकले मंगलबारदेखि फुटसल आयोजना गर्ने
काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याव्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ ।
संगठनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थी सहभागी हुने बताएका छन् । भाटभटेनी फुटसल ग्राउण्डमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याव्सकका महासचिव राजन श्रेष्ठ ‘धरातल’ ले जनाए । प्रतियोगितामा सहभागी हुनका लागि विद्यालयको संख्या थपिन सक्ने पनि श्रेष्ठको भनाई छ ।
प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपिँया नगदसहित प्रमाणपत्र र ट्रफी, दोस्रो हुने टिमले ५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी तथा तेस्रो हुने टिमले ३ हजार नगदसहित प्रमाणपत्र र ट्रफी पाउने प्रतियोगिता आयोजक समितिका संयोजक राजु पुडासैनीले जानकारी दिए । विद्यार्थीको सीप विकास गर्ने उद्येश्यले प्याव्सकले यस प्रकारका कार्यक्रम आयोजना गर्दै गरेको पनि प्याव्सकका महासचिव श्रेष्ठले जनाए ।
१८ वर्षअघि स्थापना गरिएको प्याव्सकले पटक पटक विभिन्न प्रकारका कार्यक्रम गर्दै आएको जनाएको छ । प्याव्सकले यसअघि प्रिन्सिपलबीच पनि फुटसल प्रतियोगिता गरेको थियो । विद्यार्थीबीच खेलाइने यो सातौं प्रतियोगिता भएको आयोजकले जनाएको छ । प्याव्सकमा ४० भन्दा बडी निजी तथा आवासीय विद्यालय समावेश छन् ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्