Techie IT
आईतबार, भदौ १४,२०८३

देशभरको मौसम चिसिदै


काठमाडौं। देशभरको मौसम चिसिदै गएको छ।

तापक्रम घट्ने क्रमसँगै आज बिहान साढे ७ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ७ डिग्री मापन गरिएको छ । पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको र अव अब देशभर चिसो बढ्दै जाने मौसम विभागले जनाएको छ।

तराईका जिल्लामा लागेकको हुस्सु अब बिस्तारै पहाडी जिल्लाहरुमा पनि बढ्दै जानसक्ने विभागले जनाएको छ।अहिले न्यूनतम तापक्रम घटेर चिसो बढेको हो। यतिबेला रात लामो हुने भएकोले सूर्यको प्रकाश कडा नहुने भएकाले पनि चिसो बढ्ने मौसम विद्बहरुको भनाई छ ।

पानी पर्‍यो भने थप जाडो बढ्छ तर अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसम विभागको भनाई छ । तराईमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #देशभरको मौसम चिसिदै, #मौसम


तपाईको कमेन्ट लेख्नुहोस्