क्यान गोरखाकोअध्यक्षमा सुदिप कोइराला चयन
गोरखा। कम्प्यूटर एशोसियशन अफ नेपाल महासंघ गोरखा शाखाको अध्यक्षमा सुदिप कोइराला चयन भएका छन् । शाखाको नवौँ साधारण सभा तथा चौथो अधिवेशनले कोइरालालाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो ।
उपाध्यक्षमा बावुराम तिवारी, सचिवमा भक्तराम राना, सहसचिवमा पूर्णकुमारी शाही र कोषाध्यक्षमा जनकराज कोइराला सर्वसम्मत बिजयी भएको क्यान गोरखाले जनाएको छ ।
क्यानको सदस्यहरुमा खोपबहादुर राना, सुसारा राना, दिनेश श्रेष्ठ र रुवेन्द्र कुँवर बिजयी भएका छन् । अन्य २ सदस्य भने नवनिर्वाचित कार्य समितिको पहिलो बैठकल मनोनित गर्ने अध्यक्ष कोराइलाले बताए ।
कार्यक्रममा क्यान गण्डकी प्रदेशका सचिव केशवराज भट्टराई, नवलपुर उद्योग बाणिज्य संघका महासचिव सागर पोखरेल र क्यान गोरखाका संस्थापक अध्यक्ष अशोकबावु राना, चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #कम्प्यूटर एशोसियशन अफ नेपाल महासंघ गोरखा, #क्यान गोरखा, #सुदिप कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्