नयाँ दललाई विश्वास गरेर जनताले बहुआयामिक सन्देश दिए: सीके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मंसिर ४ गते सम्पन्न निर्वाचनमा नयाँ दललाई विश्वास गरेर जनताले बहुआयामिक सन्देश दिएको बताएका छन् ।
आज शनिबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा राउतले पुराना दललाई छाडेर नयाँ दललाई विश्वास गरेर सप्तरीका जनताले बहुआयामिक सन्देश दिएको तर्क गरेका हुन् ।
कार्यक्रममा उनले जनमत पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले जनतासँग गरिएका प्रतिवद्धताहरु इमान्दारीताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनताको साथका कारण नै आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको भन्दै जनतासँग गरिएका प्रतिवद्धता इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् ।
निर्वाचनमा जित्दा पाएको साथ र समर्थन काम गर्दा अझै बढी आवश्यक पर्ने उनले बताएका छन् । राउतले आफूहरुले काम गर्न नसके देश र जनता निराशामा जाने भएकाले पाएको जिम्मेवारी गर वा मर को अवस्थामा पूरा गर्नुपर्ने धारणा व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #सीके राउत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्