Techie IT
मंगलबार, असार २३,२०८३

मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला


काठमाडौं । मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन्। उनी सर्लाहीको लालबन्दीस्थित एक रिसोर्टमा मृत फेला परेका हुन् ।

भट्टराई नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन लालबन्दी आएका थिए । राति सुतेका भट्टराई बिहान कोठामै मृत फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #शिवहरि भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्