कतार विश्वकप : नकआउट चरण आजबाट, दुई खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट अर्थात् राउण्ड अफ १६ का खेलहरु सुरु हुँदैछ । शनिबार राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् ।
राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेका छन् ।
नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका भने समूह ‘बी’ को उपविजेता बनेको थियो ।
यस्तै दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।
उपाधि दाबेदार अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया पनि अर्जेन्टिनालाई घर पठाउदै अघि बढ्ने योजनामा रहेको छ ।
अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #कतार विश्वकप, #दुई खेल हुँदै, #नकआउट चरण आजबाट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्