समानुपातिक मततर्फ : एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले) ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार दुई सय ४१ मतसहित दोस्रो स्थानमा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी) ले ११ लाख ६१ हजार दुई सय ५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार नौ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार नौ सय २१, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ३१ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्