अमेरिकी राजदूतसँगको भेटबारे भिम रावललाई मेयर बालेनले दिए यस्तो जवाफ !
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई फर्काएको जवाफ अहिले चर्चामा छ ।
नेता रावलले अमेरिकी राजदूत डीन थम्पसनले मेयर साहलाई भेटेकोमा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर भेटेको हो कि होइन ? भन्दै प्रश्न गरेका थिए ।
बालेनले रावलले उठाएका विषयलाई खण्डन गर्दै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेट्न आएपछि राजदूत डीन थम्पसनसँग भेटेको बताएका हुन् । अमेरिकी राजदूतले पटक पटक भेट्न खोज्दा आफूहरुले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेको र अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि भेटेको बालेनले बताएका छन् ।
भेटका क्रममा महानगरलाई आर्थिक सहयोगका लागि आएको प्रस्ताव अस्वीकार गरेको समेत बालेनले दाबी गरेका छन् । बरु अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर पाटी पौवा बनाइदिन सहयोग गर्ने भनेर बताएको उनको भनाइ छ ।
त्यस्तै, एमसीसीमार्फत उत्पादन भएको विद्युत विदेशीलाई बेच्नेभन्दा पनि नेपालमै त्यसको प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्ने आफूले धारणा राखेको बालेनले बताएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेन साह, #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्