फिफा विश्वकप फुटबल: आज समूह चरणका ४ खेलहरू हुँदै
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणका ४ खेलहरू हुँदै छन् ।
विश्वकपमा आज समूह ‘एच’ र समूह ‘जी’ को दुई दुई खेलहरू हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबिच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।
यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ । अन्य तीन टोलीको पनि नकआउट पुग्ने सम्भावना उत्तिकै रहेको छ ।
पोर्चुगल ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । घाना ३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया १ अङ्कसहित तेस्रो र १ अङ्क जोडेको उरुग्वे पुछारमा रहेको छ ।
यस्तै समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबिच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुवै खेल राति १२ः४५ बजे सुरु हुनेछ । यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।
स्विट्जरल्यान्ड ३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । क्यामरुन १ अङ्क जोडेर तेस्रो र सर्बिया १ अङ्क जोडेर पुछारमा रहेको छ । यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #आज समूह चरणका ४ खेलहरू हुँदै, #फुटबल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्