प्राध्यापक तथा अधिवक्ता शर्माको ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक सार्वजनिक
काठमाडौँ । सहप्राध्यापक एवं अधिवक्ता थम्मलाल शर्माको ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक विमोचन गरिएको छ । अधिवक्ता शर्माले आफ्नो जीवनमा भोगेका भोगाइलाई समेटेर तयार पार्नुभएको उक्त पुस्तक आज क्यान्भास कलेज बसुन्धरामा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले विमोचन गर्नुभयो ।
सो अवसरमा वरिष्ठ अधिवक्ता भण्डारीले लेखक शर्माको जीवनबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । “आफूले केही कुरा सिक्नका लागि अर्कालाई केही कुरा सिकाउनुपर्छ, काम गरेसँगै दाम र नाम कमाउन सकिन्छ, असल काम गरौँ, मेहनती बनौँ”, उहाँले भन्नुभयो ।
पुस्तकबारे समीक्षा गर्दै डा कविन्द्रप्रसाद सापकोटाले लेखकले पुस्तकमार्फत आफ्नो बाल्यावस्था, किशोरावस्था र जागिरको समयका भोगाइलाई पुस्तकमार्फत प्रस्तुत गरेको बताउनुभयो । आफ्नो जीवनको घटना परिघटनालाई समावेश गरी लेखिएको पुस्तक नयाँ पुस्ताका लागिसमेत सहयोगी बन्ने उहाँको भनाइ छ । क्यान्भास कलेजका डाइरेक्टरद्वय डा लेखनाथ मिश्र र सुन्दर भुसालले ‘जीवन एक, घुम्ती अनेक’ पुस्तकले आम पाठकमा नयाँ सन्देश दिएको बताउनुभयो । नेपाली साहित्यमा उक्त पुस्तकले नयाँ इँटा थपिएको उहाँहरूको भनाइ थियो ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले हरेकको जीवनबाट केही न केही सिक्न सकिने भएकाले प्राध्यापन र वकालतीमा जीवन विताउनु भएका शर्माको जीवनबाट पनि प्रेरणा र शिक्षा लिन सकिने धेरै कुरा भएकाले पुस्तक निकै उपयोगी रहेको बताउनु भयो । उहाँले संसार जतिसुकै डिजिटलाईज भएपनि पुस्तकको महत्व नघटेकोले नयाँ पुस्तालाई पनि पुस्तक पढ्ने र लेख्ने तर्फ लाग्न सुझाव दिनुभयो ।
घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले पुस्तकमा शर्माले आफ्नो जिन्दगीलाई निरन्तर प्रवाहमा अनुशासित ढङ्गले व्याख्या गर्नुभएको बताउनुभयो । हरेक व्यक्तिको कथा, निबन्ध, नाटक बन्ने उहाँको भनाइ थियो । पुस्तकका लेखक शर्माले आफ्नो जीवनमा भएका नयाँ अनुभवलाई पुस्तकमार्फत आमपाठकमाझ ल्याएको बताउनुभयो । पाँच खण्डमा विभाजित उक्त पुस्तक तीन सय ६४ पृष्ठको रहेको छ । उक्त पुस्तकको मूल्य रु छ सय ५० राखिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्