प्रधानमन्त्री ओलीद्वारा मुख्यमन्त्रीहरूसँग छलफल
प्रधानमन्त्री केपी ओलीले प्रदेशको समस्या र मुलुकको पछिल्लो अवस्थाका बारेमा मुख्यमन्त्रीहरूसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार बिहान आफ्नै निवासमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग परामर्श गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँगको छलफलमा मुख्यमन्त्रीहरूले आफ्ना समस्याहरूका बारेमा जानकारी गराएका थिए । स्रोतका अनुसार संविधानले दिएको अधिकारलाई केन्द्रबाट हस्तक्षेप भएका विषयमा पनि मुख्यमन्त्रीहरूले घुमाउरो भाषामा धारणा राखेका थिए ।
बैठकमा प्रदेशका लागि आगामी वर्षको नीति तथा कार्यक्रमका बारेमा पनि छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
विकास परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरू काठमाडौं आएका बेला ओलीले बालुवाटारमा बोलाएर छलफल गरेका हुन् ।
छलफलमा बाराका आँधी प्रभावितहरूका बारेमा पनि छलफल भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मुख्यमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्