लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पनि एमाले पहिलो दल
रुपन्देही ।मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशसभामा पहिलो रहेको नेकपा एमाले प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि धेरै मत पाएर पहिलो दल बनेको छ ।
३२ दलले प्रदेशसभा निर्वाचनमा भाग लिएका थिए । जसमा एमालेले ५ लाख ७० हजार ९२१ मत पाएको छ । त्यसैगरी १८ लाख ८७ हजार ७८ मत सदर भएकोमा नेपाली काँग्रेसले ४ लाख ९९ हजार ९सय ८६ मत पाएर दोस्रो बनेको छ ।
काङ्ग्रेसभन्दा एमालेले ७० हजार ९ सय ३५ मत बढी पाएको छ ।
त्यस्तै, माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५० मत पाएर तेस्रो दल भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४५२ मत पाएर चौथो दल बन्दा नागरिक उन्मुक्ति पार्टी १ लाख २५ हजार ५५१ मत सहित पाँचौँ ठूलो दल बनेको छ ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ८१ हजार ६०५ मत पाएर छैटौँ दल बन्दा जनता समाजवादी पार्टीले ६० हजार ८८६ मत पाएको छ ।
नेकपा एकीकृत समाजवादीले ४२ हजार ६२१ मत, लोकतान्त्रिक समाजवादी पार्टीले ३७ हजार ६३१ मत,राष्ट्रिय जनमोर्चाले ३२ हजार ६४७ मत पाएका छन् ।
२०७४ को निर्वाचनमा एक सिट पाएको राष्ट्रिय जनमोर्चा र एमाले विभाजनपछि एक जना प्रदेश सांसदले पार्टी रोजेको नेकपा एकीकृत समाजवादीले प्रदेशमा सिट पाउने नपाउने यकिन भइसकेको छैन ।
यस्तै, हाम्रो नेपाली पार्टीले २७ हजार ७०४,राष्ट्रिय जनमुक्ति पार्टीले १७ हजार ८६७, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १५ हजार १०९, मंगोल नेशनल अर्गनाइजेसनले ११ हजार ८६७, नेकपा मालेले ६ हजार ४४५, नेपाल जनता पार्टीले ५ हजार २२२, वहुजन शक्ति पार्टीले ४हजार ४६, राप्रपा नेपालले ३ हजार ३४९,नेपाल सुशासन पार्टीले २ हजार ७९१, नेपाल संघीय समाजवादी पार्टीले १ हजार ९१२ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, नेपाल मजदुर किसान पार्टीले १ हजार ६५९, नेपालका लागि नेपाली पार्टीले १ हजार ६०७, नेपाली जनता दलले १ हजार ४१९,नेपाली कांग्रेस बिपीले १ हजार २८८, जन समाजवादी पार्टीले १ हजार २१४,नेपाल लोकतान्त्रिक पार्टीले १ हजार २०७,नेपाल दलित पार्टीले १ हजार १४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९७३, मौलिक जरोकिलो पार्टीले ९२८, विवेकशील साझा पार्टीले ७९१, नेकपा माओवादी समाजवादीले ४८९ र नेश्नलिस्ट पिपुल्स पार्टीले ४५७ मत पाएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशको प्रत्यक्षतर्फ पनि १८ सिट जितेर नेकपा एमाले नै पहिलो बनेको थियो । काँग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट, जनमत पार्टीले एक सिट र माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सिट जितेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #hot, #लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पनि एमाले पहिलो दल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्