अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैन : विष्णु पौडेल
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन्। बिहिबार आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सव कार्यक्रममा उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताए।
आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भएपनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ। उनले राजनीतिक स्थिरताका निम्ति धेरै आश गर्ने ठाउँ नरहेको दाबी गरे।
‘स्थिरता र अस्थिरता जनादेशमा भरपर्ने कुरा हो। यस पटकको जनादेशबाट स्थिर सरकार बन्दैन। यसले अस्थिरतालाई नै निरन्तरता दिने देखिन्छ। यो मुलुकका लागि दुर्भाग्यपूर्ण छ,’ उनले भने।
उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरुको मूल्यांकन हुन जरुरी रहेको औंल्याए। ‘के उपलब्धी भए, के कमजोरी भए ? त्यसको मूल्यांकन हुनुपर्छ र हरेक सरकारले त्यसको जिम्मा लिनुपर्छ। नेकपा एमालेको तर्फबाट म भन्न चाहन्छु हामी जिम्मा लिन्छौँ,’ उनले भने।
देशको आर्थिक संकट कल्पनातित रहेको भन्दै पौडेलले मुलुकले भोगिरहेको अर्थ संकटको ‘केस वाइज’ विश्लेषण हुनुपर्नेमा जोड दिए।
क्याटेगोरी : समाचार
ट्याग : #विष्णुप्रसाद पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्