गोरखामा हरेकदिन राहदानीको अनलाइन फाराम भर्न पाइने
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले अव प्रत्येक दिन विद्युतीय राहदानी (ई–पासपोर्ट)को अनलाइन फाराम भर्न पाउने व्यवस्था गरेको छ । प्रशासन कार्यालयले बुधबार एक सूचना जरी गर्दै विहिबार विहान १० बजेदेखि राहदानीको अनलाइन आवेदन फाराम भर्न पाइने व्यवस्था गरेको जनाएको छ ।
कार्यालयमा यसअघि हप्ताको बुधबार मात्र इ–पासपोर्डको अनलाइन फाराम भर्न पाउने व्यवस्था गरेको थियो । तर नागरिकलाई सास्ती भएको, बाहिर विभिन्न साइबरहरुमा भर पर्नु परेको र कति नागरिकहरुहरुमा बढी शुल्क लिएको गुनासो आएकाले प्रत्येकदिन खोल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार प्रत्येक दिन ५० जनाको दरले आवेदन फाराम भर्न पाइने छ । एक दिनमा ५० जना भन्दा बढीले भर्न नपाइने उनले बताए ।
विद्युतीय राहदानीको अनलाइन आवेदन भरेको भोलिपल्ट नै राहदानीका लागि कार्यालयमा आएर फोटो खिच्न लगायतका कामहरु गर्न पाइने उनले बताए । विद्युतीय राहदानी बनाउनका लागि अहिले राष्ट्रिय परिचयपत्र अनिवार्य रहेको बताउँदै प्रशासन कार्यालय गोरखा राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई थप व्यवस्थित गरेको बताए ।
पहिलो दुईवटा स्टेशन रहेकोमा अहिले एउटा थपेर तीन वटा स्टेशन बनाएका उनले जानकारी दिए । केही महिना अघिदेखि नै गाउँगाउँमा संचालनमा भएको शिविरबाट पनि धेरै जनाले राष्ट्रिय परिचयपत्र बनाइसकेको छ ।
जिल्लामा आएका सेवाग्राहीहरुलाई पनि सहजमा रुपमा सेवा प्रदान गर्नका लागि राष्ट्रिय परिचयपत्र र विद्युतीय राहदानी व्यवस्थालाई थप व्यवस्थित बनाएको सहायक प्रजिअ बरालले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #ई–पासपोर्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्