सुन्दरीजलमा पानी झार्न नदिने कर्मचारीको चेतावनी
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब नपाएको भन्दै आयोजनाका कर्मचारीहरूले सुन्दरीजलमा पानी झार्न नदिने चेतावनी दिएका छन् ।
आयोजनाबाट ६१ जना कर्मचारीले साउन महिनादेखि अहिलेसम्म मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै पानी झार्न नदिने चेतावनी दिएका हुन् । आज पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंह, बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, नवनिर्वाचित सांसदहरु मेलम्ची र हेलम्बुका प्रमुख सहित खानेपानी मुहानको अवलोकनका क्रममा हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित अम्बाथान अडिटमा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले कर्मचारीको तर्फबाट समस्या राख्नुभएको हो ।
निर्देशक श्रेष्ठले सरकारले फास्ट ट्र्याकबाट कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने कुरामा ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले इन्धन, बिग्रेका गाडी मर्मत तथा अन्य सरकारी पक्षबाट हुनुपर्ने काम हुन नसकेको भन्दै यथाशीघ्र माग पुरा गर्न माग गर्नुभयो । सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेपछि महत्त्वपूर्ण निर्णय पनि हुन नसकेको बताउनुभयो ।
निरीक्षणका क्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँमा पानी ल्याएर खुवाँउछौं भनेर भोट मागेजस्तै आफूहरूले पनि पानी पठाएबापत बजेट पाइन्छ भनेर जनतालाई मत मागेको बताउँदै दुवैतर्फको माग सम्बोधन हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । हिजो बुधबार मात्रै खानेपानी मन्त्री उमाकान्त चौधरीले २७गतेभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मेलम्ची खानेपानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्