बैतडी युवती हत्या प्रकरण: सशस्त्रका जवानमाथि आशंका, जवान फरार
काठमाडौं। बैतडीमा युवतीको घाँटी रेटेर हत्या गरिएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गरिएको अवास्थामा बुधबार शव फेला परेको थियो । अर्की युवती १५ वर्षीया नेहा लुहार भने घाइते अवस्थामा फेला परेकी थिइन् ।
घटनाको अनुसन्धानको लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नेतृत्वको टोली बैतडी पुगेको छ ।
युवतीको हत्यामा एक सशस्त्र जवानको संलग्नता हुन सक्ने प्रहरीले आशंका रहेको छ । जवान अहिले फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
हत्या गरिएकी लुहार मंसिर ४ को निर्वाचनमा म्यादी प्रहरी बनेर खटिएकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बैतडी युवती हत्या प्रकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्