Techie IT
बुधबार, कात्तिक २६,२०८३

महानगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गर्न निर्देशन


काठमाडौं । सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन पुगेका नगरप्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गर्न जिल्ला प्रकाशन कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन भन्दै गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दिएको थियो ।

बुधबार जिल्ला प्रशासन कार्यालयले नगर प्रहरीमाथि आक्रमण गर्ने नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

सुकुम्बासीको आक्रमणमा परेर नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३५ प्रहरी घाइते भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #महानगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गर्न निर्देशन, #राजु पाण्डे


तपाईको कमेन्ट लेख्नुहोस्