Techie IT
मंगलबार, असार २३,२०८३

बैतडीमा एक युवतीको घाँटी रेटेर हत्या


काठमाडौं। बैतडीमा एक युवतीको घाँटी रेटेर हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका-४ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या गरिएको हो।

अर्की युवती १५ वर्षीया नेहा लुहार भने घाइते अवस्थामा फेला परेकी छिन् । मायाको शव शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिरनजिकै भेटिएको र नजिकै नेहा घाइते अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बिहान घरबाट पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा लुगा सिलाउनका लागि भन्दै गएका उनीहरु नफर्केपपछि खोजी गर्दा एक जनाको हत्या भएको र अर्की घाइते अवस्थामा फेला परेका हुन् ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #बैतडीमा एक युवतीको घाँटी रेटेर हत्या


तपाईको कमेन्ट लेख्नुहोस्