फिफा विश्वकप फुटबल: आज चार खेलहरू हुँदै
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज विभिन्न चार खेलहरू हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई खेलहरू हुँदै छन् ।
आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अस्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।
यस खेलहरू पछि समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबिच खेल हुदैछ ।
दुवै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरूबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने दुई राष्ट्रको टुङ्गो लाग्नेछ ।
एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।
यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रङ्गशालामा आयोजना भइरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #फिफा विश्वकप फुटबल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्