Techie IT
बिहीबार, वैशाख १७,२०८३

काठमाण्डौमा नेकपा एमालेका ४ प्रदेस सभा सदस्य : दुई दोहोरिए दुई नयाँ


काठमाण्डौ जिल्लाका विस  प्रत्यक्ष प्रदेस सभा सदस्य  मध्ये नेकपा एमालेले ४ स्थानमामा जित हाशिल गरेको छ।  नेकपा एमालेका तर्फबाट २०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा दुई उम्मेदवार दोहोरिएका छन भने दुई नयाँ रहेका छन।

दोश्रो पटक बागमती प्रदेस सभामा पुगेका नेकपा एमालेका उम्मेदवारहरुमा काठमाण्डौ क्षेत्र नं ७ (२)  बाट निर्वाचित प्रकाश श्रेष्ठ र क्षेत्र नं  ९ (२ ) बाट निर्वाचित केशव प्रसाद पोखरेल रहेका छन।

काठमाण्डौ क्षेत्र नं ७ (२)  बाट निर्वाचित श्रेष्ठ ५२१८ मत सहित विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सबिन तामाङले ५१३७ मत प्राप्त गरेका थिए।

त्यस्तै  काठमाण्डौ क्षेत्र नं ९  (२) बाट निर्वाचित पोखरेल ८४५९ मत प्राप्त गरेर विजयी बनेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका श्यामकृष्ण खडकाले ७३४१ मत पाएका थिए।

त्यस्तै पहिलो पटक बागमती प्रदेस सभामा पुग्ने नेकपा एमालेका उम्मेदवारहरुमा काठमाण्डौ क्षेत्र नं ४ (२) का बाट निर्वाचित जयराम थापा र क्षेत्र नं ६ (२ ) बाट निर्वाचित अमन मास्के रहेका छन।

काठमाण्डौ क्षेत्र नं ४ (२) का बाट निर्वाचित जयराम थापा १०४१७ मत सहित विजयी बनेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एसका कुसुम कुमार कार्कीले ८३८२ मत प्राप्त गरेका थिए।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ६ (२ ) बाट निर्वाचित मास्केले ८०५९ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी विष्णुभक्त तिमल्सिनाले ६६७१ मत प्राप्त गरेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमालेका ४ प्रदेस सभा सदस्य


तपाईको कमेन्ट लेख्नुहोस्