समानुपातिकमा एमाले कांग्रेस भन्दा एक लाख ३० हजार मतले अगाडि, एसलाई थ्रेसहोल्ड कटाउन सकस
काठमाडौं ।प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २५ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख ३० हजार नघाएको छ । सुरुदेखि नै दुई पार्टीबीच केही हजारको मात्रै अन्तर थियो ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान ७ बजेसम्म एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत पाएर दोस्रो स्थानमा छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र)ले १० लाख ९४ हजार ६०६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६३५ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५० हजार ३५०, जनता समाजवादी पार्टीले तीन लाख ५४ हजार २५२, जनमत पार्टीले २ लाख ९४ हजार ४३५, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ६३ हजार ६०९, नागरिक उन्मुक्ति पार्टीले ४५ लाख २१५ मत प्राप्त गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #समानुपातिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्