बागलुङमा सिडियो र एसपीको सहकार्यले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न
बागलुङ । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल जिल्ला मानिएको बागलुङमा यसपटक कुनै पनि अप्रिय घटना नभई निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले निर्वाचन अघि नै सुरक्षा चुनौतीबारे विश्लेषण गर्दै आवश्यक तयारी गरेका थिए ।
चुनावमा खटिने सुरक्षाकर्मीदेखि आवश्यक स्रोत साधनको भरपुर प्रयोग गरी सुरक्षालाई मजबुत बनाएका कारण पनि जिल्लामा कुनै प्रकारको अप्रिय घटना हुन नपाएको प्रहरी उपरीक्षक ज्ञवाली बताउँछन् ।
सिडिओ र एसपीले शान्ति सुरक्षाको विषयमा भने निकै चलाखीपूर्ण तरिकाले अध्ययन गरेका कारण उनीहरु सफल भएको राजनीतिक दलकै प्रतिनिधिहरु बताउँछन् ।
बागलुङमा हुने प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ मतदानस्थल तोकेको थियो । क्षेत्र नं २ (ख) का लागि तोकिएका २४ र बडिगाड गाउँपालिका २ का लागि तोकिएको एक मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले कुनै पनि मतदानस्थल सामान्य नरहेको जिल्ला सुरक्षा समितिले जनाएको थियो ।
पच्चीस मतदानस्थलमध्य आठ वटा मतदानस्थल अति संवेदनशील र १७ मतदानस्थल संवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताएका थिए । मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना बनाइएको र अति संवेदनशील र संवेदनशील केन्द्रको तयारी पनि सोही अनुसारको भएकोले पनि यसपटक त्रुटिरहित निर्वाचन सम्पन्न भएको उनलेे बताए ।
भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता, सरकार विरोधी शक्तिका गतिविधि र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको थियो । निर्वाचनको समयमा सर्वसाधारणलाई असुरक्षित महसुस हुन नदिन जिल्ला सुरक्षा समिति र जिल्लाका सुरक्षा निकायले सबै खाले तयारी गरेकाले पनि निर्वाचन त्रुटिरहित ढंगले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
एसपी ज्ञवालीले मत गणनास्थल र वरीपरीको क्षेत्रलाई गहन रुपमा विश्लेषण गरी सुरक्षाकर्मी खटाएका थिए भने उनलाई सिडिओ ढकालले आवश्यक सहयोग पनि गरेका थिए । यसरी सिडिओ र एसपीबीचको तालमेलका कारण जिल्लामा भयरहित रुपमा निर्वाचन सम्पन्न भएको स्थानीय बताउँछन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्