Techie IT
शुक्रबार, वैशाख १८,२०८३

नेपाली कांग्रेसका दुइ युवा महामन्त्रीहरु लाई तारा थापाकाे खुला सन्देश


मेरो राजनीति सकियर केहि फरक पर्दैन हिम्मत छ भने सकेर देखाउनुस्। हिजो जुन धरातलमा उभियर अाजको उचाइ प्राप्त गरेका ति तमाम विशेष गरेर गगन दाइ र विश्व दाइ साथै अन्य दाइहरुलाई मेरो कुण्ठा या रोदन जुन रुपमा बुझनुहुन्छ बुझ्नुस्।हुन त मेरो यो सन्देस तपाईंहरु सङ पुग्ला या नपुग्ला तर देशभरका मैले १३ वर्ष सकृय भएर ने.वि.संघ को राजनिति गर्दा मैले भावाना साटेका तमाम ने.वि.संघका योधा साथिहरु संङ अवस्य पुग्नेछ जुन मेरा लागि काफि छ। म बोल्न डराउने व्यक्ती होइन अाफ्नो दुख गरेर खानुपर्नेछ गरिन्छ। १३ वर्ष ने.वि.संघको राजनिति गर्दा मेरो जिवनको उर्वर समय र लाखौं पैसा खर्च गरेर मैले सिकेका रराजनीतिक ज्ञानहरु काफि छन् तपाईं हरु बाट अव थप शाशित कदापि भइन्न। अब मैले यो फुच्चेलाई कहिले शाशान गरे भनेर धेरै दिमाग नखियाउनुस् तपाईं हरुको लाचारिपनले हामि शाशित भएका छौ।देशभर स्वतन्त्र राजनितिबाट उदाएका तमाम नेताहरु देशको केन्दि्य राजनितिमा स्थापित भइसकेका छन्।कृपया वरिष्ठ मननिय ज्युहरु ने.वि.संघमा राजनिति गरिरहेका प्रत्येक सदस्य अहिलेका स्वतन्त्र उमेदवारहरु भन्दा अनुभवि छन् यस कुरा कहिले बुझ्ने?के नया पुस्ताको राजनितिक खेति तपाईंहरुको जिवन लाई मात्र हरावरा बनाउनलाई हो मेरो प्रश्न छ?
गगन थापा दाइ र विश्व दाइ तपाईंहरु हामि जस्ता लाखौ कार्यकरताको भविष्यको भविष्य मासेर तपाईं प्रधानमन्त्री बन्नु म जस्ता लखौं कार्यकताको लागि अभिसाप मात्र हुनेछ किनकि यस निवाचन मा तपाइ दुइ को टिकट वितरण कौशलता मजाले देख्न पाइयो। अासेपासे बाहेक कसैलाई नदेख्ने नबुझ्ने बुढो मानसिकता तपाई हरुमा मजाले जगाडियको देखियो। यो मेरो रराजनीतिक जिवनको सबै भन्दा महत्वपुर्ण लेखाइ हो। यस लेखाई सार्वजनिक भए पश्चात् मेरो रराजनीतिक भवष्य राम्रो होला या जे होला मलाई चिन्ता चाहि पटक्कै छैन।
जय नेपाल!!


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्