काठमाडौं ६ : कांग्रेस एमालेको गढमा कसरी उदाए नयाँ उम्मेदवार शिशिर खनाल ?
काठमाडौं–६ मा अघिल्लोपटक १६ हजार ७८५ मत ल्याएर निर्वाचित भीमसेनदास प्रधान योपटक करिव आधामात्रै मत (८ हजार ८०५) ल्याएर तेस्रो स्थानमा रहे । पार्टी एकीकरणको पूर्वसन्ध्यामा अघिल्लो पटक माओवादी केन्द्रका झक्कु सुवेदीलाई समर्थन गरेको एमालेले अहिले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको थियो ।
त्यतिबेला सुवेदीले १५ हजार ४८५ मत ल्याएका थिए । एमालेका खनालले अहिले ८ हजार ९११ मतमात्रै ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल १४ हजार २०४ मतसहित निर्वाचित भए । त्यतिबेला विवेकशील साझा पार्टीका रमेश चिलुवालले ४ हजार २२५ मत ल्याएकोमा अहिले त्यो मत अन्यत्र बाँडिएको देखिन्छ ।

त्यतिबेला कांग्रेस र माओवादी केन्द्रको करिव ३१ हजार मत थियो । अहिले एमाले उम्मेदवारले करिव ९ हजार मत पाएको छ । त्यतिबेला एमालेले समेत सुवेदीलाई समर्थन गरेकाले करिव १० हजार मत घटाउदा पनि २० हजारभन्दा बढी मतमध्ये प्रधानले करिव ९ हजार मतमात्रै पाए, बाँकी ११ हजार मतदाताले उनीहरुलाई मत दिएनन् ।
त्यसमाथि थप, विवेकशीलका रमेश चिलुवाललाई मत दिएका करिव ४२ सय मतदाताहरु समेत अहिले अन्यत्र छरिए । जसका कारण रास्वपाका खनाललाई १ हजार ४०४ मत ल्याउन सहज भयो ।
| काठमाडौं-६ | |||
| २०७९ | २०७४ | ||
| शिशिर खनाल (रास्वपा) | १४,२०४ | भीमसेनदास प्रधान (कांग्रेस) | १६,७८५ |
| सर्वेन्द्र खनाल (एमाले) | ८,९११ | झक्कु सुवेदी (माओवादी) | १५,४८५ |
| भिमसेनदास प्रधान (कांग्रेस) | ८,८०५ | रमेश चिलुवाल (विवेकशील) | ४२२५ |
काठमाडौंमा पञ्चायतकालमा नानीमैया दाहालको आगमन अप्रत्याशित रुपमा भएको थियो । बामपन्थी नेता पदमरत्न तुलाधर पञ्चायतकालमै निर्वाचित भएका थिए । मदन भण्डारी जस्तो युवा नेताले कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका र भट्टराई नै पछि फेरि हालकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पराजित भएको उदाहरण पनि छ ।
२०१५ सालको निर्वाचनमा नै कांग्रेसका प्रभावशाली नेता सूर्यप्रसाद उपाध्यायले पराजय भोग्नुपरेको थियो । संविधानसभा निर्वाचिनमा एमाले महासचिव माधवकुमार नेपाल काठमाडौं–२ बाट पराजित भएका थिए ।
‘हाम्रा पुराना दलहरुको विचार र संगठनमा पुनर्संरचनाको आवश्यक छ भनेर म बारम्बार भन्दै आएको छु’ बामपन्थी विश्लेषक ढकाल भन्छन्, ‘दलहरुले आफ्ना कार्यक्रम कहाँ लैजाने र कसरी बनाउने भन्ने टुंगो छैन । उनीहरु लोकरिझ्याईंमा लागेका छन्, त्यसमा मतदाताहरुको विमती देखियो ।’ दलीय संरचनामा क्षमतावान व्यक्ति एकैचोटी फड्को मारेर अघि बढ्नुपर्नेमा त्यसलाई निषेध गर्दा समेत यस्ता प्रतिक्रिया आउने उनी बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं – क्षेत्र नं ६, #शिशिर खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्