माओवादी केन्द्रलाई समानुपातिकतर्फ १० लाख मत
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ ।
जारी मतगणनामा नेकपा ९एमाले० २४ लाख १३ हजार दुई सय २२ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २२ लाख ९४ हजार नौ सय ८३ मत प्राप्त गरेको छ । आज अपराह्न तीन बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फको मतमा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ८३ हजार पाँच सय २२ मत प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख १३ हजार नौ सय ११, छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले तीन लाख चार सय ४९ र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ३५ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।
यस्तै जनमत पार्टीले दुई लाख ३४ हजार एक सय २७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख दुई हजार ७९, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २२ हजार पाँच सय ५७, नेपाल मजदुर किसान पार्टीले ७० हजार तीन सय ७१, हाम्रो नेपाली पार्टीले ४९ हजार छ सय २७, मङ्गोल नेशनल अर्गनाइजेशनले ४४ हजार दुई सय आठ र राष्ट्रिय जनमोर्चाले ४३ हजार नौ सय २६ मत प्राप्त गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ राजनीतिक दलमध्ये अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार पाँच सय चार मत प्राप्त गरेको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्