वीरगन्जमा मोटरसाइकल दुर्घटना एक किशोरको मृत्यु
वीरगन्ज । वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका १९ वर्षीय साहिल हवारी रहेका छन् ।
शनिबार राति वीरगन्ज १४ पिपराको नृसिंह माविस्थित सडकमा मधेस प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक हवारी र त्यसमा सवार २० वर्षीय सरजात अन्सारी घाइते भएका थिए ।
घाइते दुवैजनलाई उपचारका लागि वीरगन्जकै स्पर्श मल्टिस्पेशलिटी हस्पिटलमा भर्ना गरिएकोमा हवारीको उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।
घाइते अन्सारीको उपचार जारी रहेको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #मोटरसाइकल दुर्घटना, #वीरगन्जमा मोटरसाइकल दुर्घटना एक किशोरको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्