गोरखा २ को समानुपातिकतर्फ तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी
गोरखा क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक मत सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयद्वारा गोरखा २ को प्रतिनिधिसभा र प्रदेशसभातर्फको मत सार्वजनिक गरिएको हो ।
गोरखामा २ मा प्रतिनिधिसभातर्फ कुल एक लाख पाँचहजार दुई सय ४० मतदाता रहेकोमा जम्मा ५४ हजार एक सय ७३ मत खसेको थियो । तीमध्य पनि ५१ हजार दुईसय १४ मत सदर भए भने दुई हजार नौ सय ५९ मत बदर भए ।
प्रतिनिधिसभातर्फ खसेको समानुपातिक मतका आधारमा सबै भन्दा धेरै नेकपा माओवादीले १९ हजार मत प्राप्त गरी पहिलो स्थानमा छ । नेपाली काँग्रेसले ११ हजार आठ सय ८२ मत प्राप्त गरी दोस्रो स्थानमा छ भने राष्टिूय स्वतन्त्र पार्टी आठ हजार ९ सय ९९ मत प्राप्त गरी तेस्रो स्थान कायम गर्न सफल भएको छ । यहाँ समानुपातिक मतका आधारमा नेकपा एमाले चौथौ दल बनेको छ । एमालेले ६ हजार एक सय ८५ मत मात्र प्राप्त गरेको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ नै राष्टिूय प्रजातन्त्र पार्टीले एक हजार आठ सय ४६, मंगोल नेशनल अर्गनाइजेशनले एक हजार २०, एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी(माक्सवादी लेनिनवादी) ले तीन सय ७०÷ तीन सय ७० मत ल्याएका छन् ।
हाम्रो नेपाल पार्टीले तीन सय ३, जनमत पार्टीले एक सय ६४, नेपाल आमा पार्टीले एक सय ६४ र जनता समाजवादी पार्टीले एक सय ५९मत ल्याएका छन् । प्रतिनिधिसभातर्फ समानुपातिक कुल ४७ दलमध्ये अन्य दलले एक सयभन्दा कम मत ल्याएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्