त्रिपुरासुन्दरी भगवतीमाईको जात्रा शनिबारबाट सुरु
धादिङ । पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित त्रिपुरासुन्दरी भगवतीमाईको जात्रा शनिबारबाट सुरु भएको छ ।
आइतबार विहान भगवती माईलाई माइत झारेसँगै जात्रा सकिने गर्दछ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी माइको जात्रा जात्रा हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर भब्य रुपमा लाग्ने गर्दछ ।
खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्रालो तथा अप्ठेरोबाटो हुँदै भगवतीलाई बेसीको मन्दिर ल्याइने परम्परा छ । जसलाई स्थानीयको भाषामा माइत ल्याइएको भनिन्छ ।
देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन् न फोटो नै देखेका छन् । एक वर्षभित्र विभिन्न ३ ओटा मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा छ । सोही परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिर मध्ये घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ ।
नेपालको जात्राहरु मध्य अनौठो परम्परा बोकेको यो जात्रालाई भव्य बनाउन त्रिपूरा सुन्दरी गाउँपालिकाले आइतबार सार्वजनिक विदा दिने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिपुरासुन्दरी, #त्रिपुरासुन्दरी भगवतीमाई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्