मुलुक राजनीतिक अस्थिरताको भूमरीमा परेको छ : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले मुलुक राजनीतिक अस्थिरताको भूमरीमा परेको बताएका छन् ।
मतदातालाई धन्यवाद दिन आज शनिबार विभिन्न स्थानमा पुगेका नेता सिंहले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले म्याण्डेट नदिदा मुलुक अस्थिरताको भूमरीमा परेको बताएका हुन् ।
कांग्रेसको नेतृत्वमा जारी भएको संविधान यसअघिको प्रतिनिधिसभामा कांग्रेसले म्याण्डेड नपाएकै कारण अरु दलहरुले आवश्यक कानून बनाउन नसकेको र मुलुक राजनीतिक अस्थीरताको भूमरी परेको उनको भनाइ छ ।
संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न अब विशेष ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिँदै उनले संविधानलाई कमजोर गर्ने शक्तिहरु अहिले पनि सक्रिय भएको जिकिर गरेका छन् । यसैतै, तीनै तहको सरकारलाई बलियो बनाएर काम गर्न दिन आवश्यक कानून बनाउनेदेखि विकास निर्माण लगायतका काम सम्पन्न गर्न गठबन्धन मिलेर अघि बढ्नुपर्ने उनको धारणा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशमान सिंह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्