सञ्चारमाध्यमलाई कारबाही गर्ने माओवादी केन्द्र दोलखाको धम्की
दोलखा र काठमाडौंबाट सञ्चालित अनलाइन सञ्चारमाध्यमले आफ्नाविरुद्ध आधारहीन समाचार लेखेको आरोप लगाउँदै माओवादी केन्द्रले कारबाहीको धम्की दिएको हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादी केन्द्रले साझावोली, दैनिक नेपाल, दर्पण सञ्चार, कान्तिपथलगायत अनलाइन र त्यसका सम्पादकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको बताएको छ ।
लगातार लामो समयदेखि एकोहोरो माओवादीविरुद्ध मात्रै समाचारको नाममा जथाभावी आधारहीन कुराहरू लेखेर जनतालाई भ्रमित पारेको दाबी माओवादी केन्द्र दोलखाको छ ।
माओवादी केन्द्रले अनलाइन सञ्चारमाध्यमको नामै किटेर कारबाहीको धम्की दिए पनि मााओवादीजिरुद्ध कुन–कुन समाचार आधारहीन थिए भन्ने विषय प्रष्ट पारेको छैन । चित्त नबुझेको समाचारको विषयमा आमसञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी व्यवस्था छ ।
तर, माओवादी केन्द्रले भने अनलाइन र त्यसमा आवद्ध सञ्चारकर्मीलाई सामाजिक सञ्जालमा स्टाटस लेखेर धम्की दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #माओवादी केन्द्र, #सञ्चारमाध्यमलाई कारबाही गर्ने माओवादी केन्द्र दोलखाको धम्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्