चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ
रुपन्देही ।२७ वर्षअघि रुपन्देहीको जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् ।
२०५२ पुस २५ गते रुपन्देही जिल्ला अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेका रुपन्देही सैनामैना ८ का ४९ वर्षीय पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।
दोषी ठहर भएपछि थारु लुकिछिपी बसिरहेका थिए। देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ बस्ने वर्ष ४९ को पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।
यसैबीच मानिस मृत्यु भएको सवारी ज्यान मुद्दामा कैद ठहर भई ९ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् ।
रुपन्देही जिल्ला अदालतको २०७० माघ ७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर भई विगत ९ वर्षदेखि लुकिछिपी बसिरहेका सिताराम थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।
डिलाराम घिमिरेको जाहेरीले सवारी ज्यान मुद्दामा तीन महिना कैद ठहर भई हालसम्म फरार रहेका साविक सालझण्डी गा.वि.स–०८ हालको सैनामैना नगरपालिका–११ बस्ने वर्ष ४० को सिताराम थारुलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा सोही दिन नै कारागार चलान गरिएको हो । लापरवाही तरिकाले ट्याक्टर चलाउँदा मानिस मृत्यु भएको सवारी ज्यान मुद्दामा दुई वर्ष कैद ठहर भई ६ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ, #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्