Techie IT
आईतबार, कात्तिक ३०,२०८३

सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित


सिरहा । सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

आज दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाउनु भएको छ ।

जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास तत्माले १ हजार २५९ मत पाउनु भएको छ । यो क्षेत्रबाट २०७४ सालमा एमालेका लीलानाथ श्रेष्ठ नै निर्वाचित हुनुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #लीलानाथ श्रेष्ठ, #सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित


तपाईको कमेन्ट लेख्नुहोस्