सुनसरी-३ मा एमालेकी भगवती चौधरीको अग्रता कायम,विजय गच्छदार
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता कायम गर्नुभएको छ ।
शुक्रबार बिहानसम्म एमालेकी उम्मेदवार चौधरीले ११ हजार ७ सय १६ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ७ हजार ३२३ मत प्राप्त गर्दै पछ्याईरहनुभएको छ । २०४८ सालदेखि निरन्तर रुपमा चुनाव लडेर पटक(पटक मन्त्री बन्नुभएका गच्छदारलाई यसपटक संसद भवन प्रवेशमा ब्रेक लाग्ने भएको छ ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनालीले सुरूवातमा अग्रता लिएपनि उहाँ तेस्रो स्थानमा झर्नु भएको छ। उहाँले ४ हजार ८ सय ५५ मत प्राप्त गरेर चौधरी र गच्छदारलाई पछ्याईरहनुभएको छ ।
गच्छदारसँग दोस्रो पटक पराजित भएकी चौधरी तेस्रो पटको प्रतिस्पर्धामा जिततर्फ अगाडि बढ्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भगवती चौधरी, #भगवती चौधरीको अग्रता कायम, #विजय गच्छदार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्