दाङमा ठगी गर्ने पत्रकार प्रहरी फन्दामा, करोडौ ठगी र बलात्कारको आरोप
प्रेमबहादुर राम्जा
दाङ, १५ चैत । लाखौ रुपैयाँ ठगी र जवरजस्तीकरणी गरेको अभियोगमा दाङमा एक जनालाई पक्राउ गरी प्रहरीले सार्बजनिक गरेको छ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका ११ बेलगनारका महेश भनिने भुवन धिताललाई ठगी र जबरजस्तीकरणी गरेको भन्ने पिडितहरुको जाहेरीका आधारमा बिभिन्न कागजातसहित पक्राउ गरी आज पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो ।
पाँच जना पिडितहरुको सामुहिक जाहेरी र जबरजस्ती करणीमा ३ जना महिलाबाट छुट्टाछुट्टै निबेदन परेपछि प्रहरीले धिताललाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका धितालको साथबाट ८२ थान चेक, १ करोड ६९ लाखको चेक रकम, २ वटा खाली चेक, ३२ वटा तमसुक, १ करोड २४ लाखको तमसुक रकम, ४ वटा ढुकुटी खेलाएको रजिष्टर बरामद गरेको प्रहरीको भनाई छ ।
त्यसैगरी, ४ वटा खाली तमसुक, एक थान जलजला अनलाईनको पत्रकार परिचय पत्र, २ थान मोवाईल, १८ हजार ५ सय नगद, २ वटा सुनको औठी, १ थान ब्रासलेट, एक थान घडि सहित बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होण्डा स्कुटी समेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका धितालले शैक्षिक स्तर कमजोर भएका, एकल, श्रीमान विदेश गएका महिला समुहमा बसेर पैसा उठाउने र लगानी ग¥यो भने राम्रो कमाई हुन्छ भनि सुरुमा ढुकुटी खेलाउदै व्यक्ति ठगिमा अग्रसर भएको प्रहरी अनुसन्धानले देखिएको छ ।
साथै आफु पत्रकार भएको, प्रहरीका हाकिमहरु सँग राम्रो सम्बन्ध भएको, वेज्जत गर्न सक्छु भन्ने, पत्रपत्रिकामा छपाईदिन्छु भनि डर देखाएर ३६ प्रतिशत सम्म व्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न बहानामा यौन शोषण समेत गरेको प्रहरीमा उजुरी परेको प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
पक्राउ परेका धिताललाई दाङबाट भाग्ने क्रममा दाङ र बाँकेको सिमानाबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीले धिताल माथी अनुसन्धान गर्न दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनेमा म्याद थप गरेको जनाएको छ भने थप अनुसन्धानका लागि सम्पत्ती शुद्धिकरण बिभागलाई समेत पठाउने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ठगी गर्ने पत्रकार प्रहरी फन्दामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्