पश्चिम नवलपरासी–१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय ७८ मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो ।
जिल्ला निर्वाचन अधिकृत सुजाता खत्रीका अनुसार कांग्रेस उम्मेदवार चौधरी २९ हजार चार सय ९५ मत ल्याएर विजयी हुनुभएको हो । त्रिपाठीले भने २२ हजार तीन सय आठ मत प्राप्त गर्नुभयो । संविधानसभाको पहिलो निर्वाचन २०६४ र संसदीय निर्वाचन २०७४ मा समानुपातिकतर्फबाट संसद् प्रवेश गर्नुभएका चौधरी यसपटक प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको हो ।
चौधरी २०६४ सालमा नेकपा (एमाले) तथा २०७४ सालमा काँग्रेसको समानुपातिक कोटाबाट संसद् प्रवेश गर्नुभएको थियो । पश्चिम नवलपरासी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार पाँच सय ९९ तथा जनमत पार्टीका गुलावप्रसाद चौधरीले पाँच हजार नौ सय ४४ मत प्राप्त गर्नुभयो । यहाँ एक लाख १८ हजार दुई सय ५० मतदाता रहेकामा ८४ हजार तीन सय ३५ जनाले मतदान गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नवलपरासी–१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित, #विनोदकुमार चौधरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्