Techie IT
आईतबार, कात्तिक ३०,२०८३

बाँके जंगलमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु


मलंगवा।  पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा बिहीबार साँझ दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुई घाइते भएका छन् ।

पर्साको मिर्जापुरका प्रहरी हवल्दार ३८ वर्षीय बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेलको मृत्यु भएको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए। दुवैको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । उनीहरू प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै सो मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएका छन्। घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्