पर्वत प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको क्लिनस्वीप
पोखरा । पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभाका दुई गरी तीनवटै सीट जितेर एमालेले क्लिनस्वीप गरेको छ ।
प्रतिनिधिसतर्फ एमालेका पदम गिरीले कांग्रेसका अर्जुन जोशीलाई हराए । गिरीले २७ हजार ८७२ मत पाउँदा कांग्रेसका जोशीले २९ हजार ६०९ मत पाए । ६६ हजार २२६ मत खसेको पर्वतमा गिरीले जोशीलाई २ हजार २६३ मतले हराएका हुन् ।
जोशीमाथि गिरीले लगातार दोस्रो जित निकालेका हुन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट गिरीले जोशीलाई १२ हजार ४५७ मतान्तरमा हराएका थिए । अहिले भने एमालेबाट एक्लै लडेका गिरीले जोशीलाई हराउन सके । पर्वत कांग्रेसमा जोशीसँग रुष्ट समूहलाई एमालेले क्यास गरेको छ ।
टिकट वितरणको क्रममा गिरीलाई महासचिव शंकर पोखरेलले जुनै हालतमा पनि चुनाव जितेर आउने रणनीति अपनाउन भनेका थिए । यसका लागि प्रदेशसभाका टिकट पनि कसलाई दिने गिरी आफैंले निर्णय लिन पोखरेलको निर्देशन थियो । प्रदेशमा गिरीले पहिला माधव नेपाल समूहमा रहेका नेतालाई टिकट दिएर सन्तुलन मिलाएका थिए । जसले एमालेको मत एकढिक्का भयो र कांग्रेसका असन्तुष्टले पनि सहयोग गरे ।
प्रदेशसभा १ मा एमालेका उम्मेदवार भक्तबहादुर कुँवरले माओवादीका सुदीप कुँवरलाई पराजित गरेका छन् । प्रदेशसभा ‘ख’ मा पनि एमालेका उम्मेदवार मित्रलाल बस्यालले नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीलाई हराए ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #hot, #पर्वत प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको क्लिनस्वीप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्