म अहिल्यै विजय र्याली गर्न चाहन्न, निर्वाचित हुनु भनेको विजयी हुनु होइन : रवि लामिछाने
काठमाडौं । चितन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् ।
जितपछि सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले निर्वाचित हुनु कुनै जित नभएको भन्दै आफूले अहिले नै विजय र्याली समेत नगर्ने बताएका हुन् ।
‘राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो,’ उनले लेखेका छन्, ‘म आजैदेखि जाँच दिन जाँदै छु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्याली गर्न चाहन्नँ ।’
विजय र्यालीको सट्टा लामिछानेले धन्यवाद सभा आयोजना गर्ने भएका छन् । उनका अनुसार भरतपुर–१० गेस्टहाउस चौरमा आज ३ बजे, ईच्छाकामना गाउँपालिका कार्यालयअगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा भोलि ११ बजे तथा सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा भोलि दिउँसो ३ बजे धन्यवाद सभा आयोजना गरिने छ ।
साथै उनले धन्यवाद सभामा आउने कसैलाई पनि फूलमाला, अबिर र खादा नल्याउन आह्वान गरेका छन् ।
‘एउटा अनुरोध, कृपया त्यहाँ (धन्यवाद सभा) आँउदा मेरा लागि फूलमाला, अबिर र खादा केही पनि नल्याउनु होला । म आजबाटै काम थाल्दैछु । मेरो सभा हुने ठाँउहरुमा दुई वटा बाकस हुनेछन् । एउटा बाकसमा ‘समस्यापेटिका’ लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला । अर्को बाकसमा ‘उजुरी, समस्या, सुझावपेटिका’ लेखिएको हुनेछ । त्यसमा, भ्रष्टाचारीका सूचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला । माला, अबिर, खादामा हामीले गरेको खर्च प्राय: सबै विदेश जान्छ । केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फूल भए मलाई पुग्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्