Techie IT
आईतबार, कात्तिक ३०,२०८३

बाम आन्दोलनका धरोहर हर्ष स्याङ्वोको निधन


 काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी स्थापना कालका पुस्पलाल श्रेष्ठका सहयोद्धा तथा बाम आन्दोलनका धरोहर हर्ष स्याङ्वोको निधन भएको छ । ९७ बर्षिय स्याङ्वोको बुधबार साझ ७ बजे आफ्नै निवास भक्तपुर स्थित मनोहरा सुकुम्बासी वस्तीमा निधन भएको हो । स्याङ्वोको निधन पश्चात् उहाँको पार्थिव शरिरलाई स्वयम्भू स्थित गुम्वामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।

उहाँलाई नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा पुर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । पुर्व मन्त्री श्रेष्ठले स्याङ्वो नेपालको जिदो कम्युनिस्ट आन्दोलन को ईतिहास गुमाउनु परेकोमा दुख व्यक्त गरे । उनले कम्युनिस्ट आन्दोलनको लागि उहाँको निधनले ठुलो क्षेति पुगेको चर्चा चर्चा गरे । नेता श्रेष्ठले भने,ू उहाँले छाडेर गएको कृतिलाई व्यस्थित पार्नु पर्ने र छरिएका पाण्डुलिपि र कृतिलाई एकीकृत गरि नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके राम्रो हुन्छ ।

उहाँ बाम आन्दोलनका सादा जीवन उच्च विचारका धरोहर रहेको श्रेष्ठले बताए । नेकपा एमालेका नेता उत्तम राउतले स्याङ्वोको निधनले समग्र बाम आन्दोलनलाई क्षती बनाएको बताए । नेता राउतले नेपालको कम्युनिष्ट आन्दोलन लगभलगभ ९० प्रतिशत हिस्सा संसदिय राजनितिको संसदिय भाषमा अलझिरहेको अवस्थामा देश र जनताको मुक्तिका लागि संघर्ष गर्ने व्यक्तिहरुको आज यो दैनिय अवस्थमा निधिनमा समेत कसैको चिन्ता र चासो नहुनु कम्युनिष्ट पार्टीहरुको नेतृत्वले गम्भीर तवर सोच्ने बेला भएको उनको भनाई छ स्याङ्वो धर्म पुत्री कमला स्याङ्वो संगै वस्दै आउनु भएको थियो ।

स्याङ्वो पुस्पलाल संगै विभिन्न मोर्चामा बसेर काम गरेका थिए ।उनले भुमिगत कालमै राणा परिवारकी छोरी विद्या राणा संग प्रेम सम्बन्ध पश्चात् वैवाहिक प्रेम विवाह गरेका थिए । उनका दुई छोरी जन्म भएको थियो भने एक छोरीको निधन भएको थियो । श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमाेर्चाका नेता राेशन दानी लगायत नेता केही कार्यक्रताहरूकाे उपस्थिति रहेकाे थियाे ।


क्याटेगोरी : समाचार
ट्याग : #हर्ष स्याङ्वो


तपाईको कमेन्ट लेख्नुहोस्