Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

डडेल्धुराबाट प्रदेशसभामा माओवादीका खगराज भट्ट निर्वाचित


 

धनगढी । डडेल्धुरा क्षेत्र नम्बर १ ९क०बाट नेकपा माओवादी केन्द्रका उम्‍मेदवार भट्ट निर्वाचित भएका छन् ।

भट्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् ।

भट्टले १२ हजार ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत मात्र ल्याए ।

उनी नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्य हुन् ।

२०६४ सालदेखि प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्दै आएका भट्ट यो पटक पनि प्रतिनिधिसभा सदस्यमा आकांक्षी थिए । तर गठबन्धनमा भागबण्डाका क्रममा मुख्यमन्त्री बनाउने शर्तमा उनी प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #खगराज भट्ट


तपाईको कमेन्ट लेख्नुहोस्