तनहुँ– १ मा रामचन्द्र पौडेलको अग्रता कायमै
तनहुँ। तनहुँ– १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन हजारभन्दा बढीको अग्रता लिनुभएको छ । आज राति ११ः२० बजेसम्मको मतपरिणामअनुसार उहाँले तीन हजार दुई सय ६९ मतान्तरले अग्रता लिनुभएको हो ।
४३ हजार एक सय १८ मतगणना सकिँदा वरिष्ठ नेता पौडेलले १६ हजार सात सय ९८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १३ हजार पाँच सय २९ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन हजार नौ सय २९ मत प्राप्त गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले सुरुआतदेखि नै अग्रता लिइरहनुभएको छ ।
तनहुँ–१ प्रदेश (१) तर्फका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अशोककुमार श्रेष्ठले अग्रता लिइरहनुभएको छ । २६ हजार ४७ मतगणना सकिँदा कांग्रेसका श्रेष्ठले १० हजार आठ सय २१ मत प्राप्त गर्नुभएको छ ।
प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले सात हजार नौ सय १३ मत प्राप्त गर्नुभएको छ । तनहुँ– १ प्रदेश २ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिबहादुर चुमान विजयी भइसक्नुभएको छ ।उहाँ १३ हजार दुई सय ७१ मत प्राप्त गरी विजयी हुनुभएको हो । कूल ३० हजार तीन सय ८९ मत खसेकामा प्रतिस्पर्धी गुरुङले १० हजार चार सय ९८ मत प्राप्त गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##तनहुँ, #रामचन्द्र पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्